युक्रेन युद्धको असर : कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव,नेपालमा कस्तो प्रभाव पर्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्व बजारमा कच्चा तेलको भाउ सन् २००८ यताकै उच्च तहमा पुगेको छ । 

अमेरिकाले रुसबाट आउने तेलमा प्रतिबन्धको तयारी गरेसँगै त्यसको असर तेलको भाउमा देखिएको हो। गएको सोमबार तेलको मूल्य प्रति व्यारोल १३९ डलर पुगेको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै विश्वव्यापीरुपमा ऊर्जा क्षेत्रमा त्यसको प्रत्यक्ष असर देखिएको हो। यससँगै निरन्तर ऊर्जाको भाउ पनि बढिरहेको छ।

अमेरिकाले इरानको तेलमाथिको प्रतिबन्ध जारी राखेको अवस्थामा अर्को तेल उत्पादक मुलुकमाथिको प्रतिबन्धले विश्वभर इन्धनको भाउ बढ्न सक्ने आशंका बढेको हो।

प्रतिबन्धको परिणामस्वरुप अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीव्र गतिमा बढिरहेको छ ।

रुस युक्रेन बीच युद्ध चर्किने देखिएपछि ठूला लगानीकर्ताहरुले सुरक्षित लगानीका रुपमा तेलमा लगानी गर्न थाल्दा मूल्य आकाशिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

ठूला लगानीकर्ताहरु सुरक्षित लगानीका क्षेत्रहरु तेल, सुन, डलरमा लगानी गर्न थालेको बताइएको छ।

विश्वमा अमेरिका सबैभन्दा बढी इन्धन खपत गर्ने मुलुक हो । अमेरिकासहित विकसित मुलुकले गर्ने मूल्य निर्धारणमा नेपालजस्ता मुलुकसम्म पनि यसको असर पर्छ ।

दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।

नेपालमा कस्तो प्रभाव पर्ला ?

जानकारहरुको अनुसार अन्तरराष्ट्रिय बजारमा मूल्य बढ्ने बित्तिकै नेपालमा तेलको मूल्य बढ्दैन् । तर, तेलको मूल्य बढ्दो क्रममा रहेका कारण नेपालको अर्थतन्त्रमा भने सकारात्मक प्रभाव पर्नेछ ।

यसले आगामी दिनमा आउने विप्रेषणलाई भने अप्रत्यक्ष नकारात्मक असर गर्ने उनीहरु बताउँछन्।

अन्तर्राष्ट्रिय बजारमै तेलको मूल्य बढेपछि त्यसको प्रभाव नेपालमा पनि पर्ने भएको छ । नेपालमा शतप्रतिशत तेल विदेशबाटै आयात हुने भएकाले अन्तर्राष्ट्रिय बजारको प्रभाव यहाँ पनि पर्ने देखिन्छ।

लगातार कच्चा तेलको मूल्य बढ्दा त्यसको निकट भविश्यमा नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने निश्चित भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।