‘सहकारीका सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन हुन नसक्दा गरिबीको अन्त्य भएन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २४ औं वार्षिकोत्सव समारोहमा विज्ञहरूले सहकारी संस्थाहरूले बचत र ऋण परिचालनमा भएका कमजोरीले समाजमा गरिबी अन्त्य हुन नसकेको बताएका छन्। प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा. युवराज खतिवडाले सहकारीले गरिबी न्यूनीकरणमा भूमिका खेल्न सक्ने भए पनि तदनुरूप ऋण परिचालन नहुँदा समस्या देखिएको बताए।

देशभरका करिब ३४ हजार सहकारी संस्थामध्ये ७० प्रतिशतले बचत तथा ऋण सेवा दिँदै आएका छन्, तर वित्तीय कारोबारमा पारदर्शिता नहुँदा समस्या बढेको छ। नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरी सुधारको प्रयास गरिरहेको छ।

संस्थाका अध्यक्ष खेमबहादुर पाठकले नयाँ मापदण्ड लागू भएपछि सहकारी संस्थाहरू सचेत भएका र साना किसान, पिछडा वर्ग तथा दलित समुदायमा वित्तीय पहुँच बढेको जानकारी दिए। साना किसानहरूले पशुपालन, माछापालन र तरकारी खेतीमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेको पनि कार्यक्रममा भनियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।