‘जहाजैमा’ फागुन १ देखि रिलिज हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र ‘जहाजैमा’ को प्रदर्शन मिति फागुन १ गते तय गरिएको छ। छायांकन सुरु हुनु अघि नै निर्माणपक्षले रिलिज मिति घोषणा गरेको हो।

निर्माण कम्पनी यूएनए प्रोडक्सन अन्तर्गत उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मलाई आर.आर फिल्मस्सँग सहकार्य गरी वितरण गरिनेछ। रोहित कट्टेल र रत्न श्रेष्ठले फिल्मको वितरण सम्हाल्नेछन्।

कृषा चौलागाइको निर्देशनमा बन्ने ‘जहाजैमा’ मा अभिमन्यू निरवीको लेखन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ। फिल्ममा केदार घिमिरे, सौगात मल्ल, र जापानी नायिका रुजेल इचिमिया मुख्य भूमिका निभाउनेछन् भने अन्य कलाकारहरूको फाइनल तयारी पनि भइरहेको निर्माणपक्षले जनाएको छ।

भदौ महिनाबाट जापानमा छायांकन सुरु हुने यो फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ। निर्माणपक्षले उत्कृष्ट फिल्म बनाउने उद्देश्यका साथ काममा कुनै कमी नराख्ने जनाएको छ।

फिल्म ‘जहाजैमा’ नेपाली सिनेमा प्रेमीहरूका लागि नयाँ पाटो र अन्तर्राष्ट्रिय स्तरको प्रस्तुति हुने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।