भगवती हाइड्रोपावरले २०% लाभांश दिने, साधारणसभा कात्तिक २ गते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको असोज १० गते (शुक्रबार) बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस सेयरका रूपमा वितरण हुने रकम ८ करोड ३२ लाख ९२ हजार ६०० रुपैयाँ रहेको छ भने नगद लाभांश कर प्रयोजनका लागि हुनेछ।

कम्पनीले लाभांश प्रस्ताव अनुमोदन गर्नका लागि कात्तिक २ गते २५औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभा प्रयोजनका लागि असोज २१ गते सेयरधनी दर्ता किताब (बुक क्लोज) गर्ने निर्णय गरिएको छ। त्यसअनुसार असोज २० गतेसम्म कायम रहेका सेयरधनीहरूले प्रस्तावित लाभांश पाउने छन् र साधारणसभामा सहभागी हुन योग्य हुनेछन्।

साधारणसभाबाट अनुमोदन भएपछि प्रस्तावित लाभांश सेयरधनीहरूलाई वितरण गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।