विदेशी विनिमय सञ्चिति पुग्यो २८ खर्ब नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर २८ खर्ब रुपैयाँ नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको तथ्याङ्कअनुसार, साउन मसान्तसम्म विदेशी विनिमय सञ्चिति रु. २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ।

यो अघिल्लो महिनाको अन्त्य अर्थात् २०८२ असार मसान्तमा रहेको रु. २६ खर्ब ७७ अर्ब ६८ करोडभन्दा ४.८ प्रतिशत बढी हो।

अमेरिकी डलरमा हेर्दा, २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको सञ्चिति साउन मसान्तमा २.७ प्रतिशत बढ्दै २० अर्ब ३ करोड पुगेको छ।

प्रतिवेदनअनुसार, कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड थियो, जुन ४ प्रतिशत बढेर रु. २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा रु. २ खर्ब ६३ अर्ब ४ करोड थियो भने साउन मसान्तमा १२ प्रतिशत वृद्धि भई रु. २ खर्ब ९४ अर्ब ५८ करोड पुगेको छ।

साउन मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।