कनेक्ट आईपीएसमार्फत फ्लाइट तथा बसको टिकट भुक्तानी गर्दा आकर्षक क्यासब्याक तथा छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। यस चाडपर्वको समयलाई लक्षित गर्दै फ्लाइट तथा बस टिकटको भुक्तानी कनेक्ट आईपीएसबाट गर्दा आकर्षक “शुभ लाभ अफर” सार्वजनिक भएको छ ।

जस अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट तथा बस सेवाको टिकटको भुक्तानी कनेक्ट आईपीएस मार्फत गर्दा भाद्र २२ गतेदेखि असोज १८ गतेसम्म आकर्षक क्यासब्याक तथा छुट पाउन सकिन्छ ।

क्यासब्याक अफर बुद्ध एयर प्रालि श्री एयरलाइन्स प्रालि, यति एयरलाइन्स प्रालि र बस सेवा ट्राभल एण्ड टुरको टिकट भुक्तानीमा उपलब्ध रहेको छ ।

बुद्ध एयरको फ्लाइट खरिद गरेर कनेक्ट आइपीएसबाट भुक्तानी गर्दा ग्राहकहरुले रु. १०१ क्यासब्याकका साथै ५ लक्की जोडीलाई माउन्टेन फ्लाईट जित्ने मौका पाउन सक्नेछन् ।

त्यस्तै श्री एयरलाइन्सको फ्लाइट टिकटको भुक्तानी कनेक्टआइपीएसबाट गर्दा रु ५०१ क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथै यति एयरलाइन्सको फ्लाइट टिकट भुक्तानीमा “YTCIPS300” प्रोमो कोड प्रयोग गरेर रु ३०० एयरलाइन्सको छुट संगै १० लक्की जोडीले माउन्टेन फ्लाईट जित्ने मौका प्राप्त गर्न सक्नेछन्।

त्यस्तै बस सेवाबाट टिकट काटेर कनेक्टआइपीएस मार्फत भुक्तानी गर्ने पहिलो १००० ग्राहकहरुले रु ५१ क्यासब्याक प्राप्त गर्नेछन् । यी अफरहरुमा प्रति बैंक खातामा एक पटक मात्र क्यासब्याक प्राप्त हुनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि फण्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो । कनेक्ट आईपीएसको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।