बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर घटाए, बचतको ब्याज २.७५ प्रतिशत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बिहीबारदेखि बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिइने ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरूले बचत खाता तथा छोटो अवधिको मुद्दती निक्षेपमा दिइने ब्याजदर घटाएर न्यूनतम २.७५ प्रतिशत कायम गरेका हुन्। यसअघि यो दर ३ प्रतिशत थियो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरहरू घटाएपछि बैंकहरूले ब्याजदरमा समायोजन गरेका हुन्। राष्ट्र बैंकले करिडोरको माथिल्लो सीमा ०.५० प्रतिशतले र तल्लो सीमा ०.२५ प्रतिशतले घटाएको छ।

निक्षेपको ब्याजदर घटेपछि सर्वसाधारणलाई बचतमा कम ब्याज पाइनेछ भने त्यसको असरस्वरूप कर्जाको ब्याज पनि घट्ने भएको छ। निक्षेपमा ब्याजदर घट्दा बैंकहरूको कोष व्यवस्थापनको लागत घट्छ, जसले बैंकहरूको आधार दरमा पनि गिरावट ल्याउँछ।

आधार दर घटेपछि त्यसैमा आधारित भएर दिइने कर्जाको ब्याजदर स्वतः सस्तो हुन्छ। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको औसत कर्जा ब्याजदर ७.९९ प्रतिशत रहेकोमा अब त्यो थप घट्ने निश्चित भएको छ। यो परिवर्तनले कर्जाको पहुँचलाई सहज बनाउँदै आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।