काठमाडौँ । चालु आर्थिक वर्षको असार महिनामा मात्र ८६ अर्ब राजश्व संकलन भएको छ । सरकारले चालु आवको असार महिनामा ८६ अर्ब ८५ करोड ८० लाख रुपैयाँ राजस्व संकलन गरेको हो । गत वर्ष सोही अवधिमा ८९ अर्ब ८६ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
सरकारले चालु आर्थिक वर्षको असार २८ गतेसम्म लक्ष्यको ७७.९६ प्रतिशत मात्रै राजस्व संकलन गर्दा गत वर्ष भन्दा ७.०३ प्रतिशत बढी राजस्व संकलन गरेको छ । गत वर्षको साेही अवधिमा ७०.९३ प्रतिशत रावश्व संकलन गरेको थियो ।
महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आर्थिक वर्षको असार महिनामा कर राजस्वबाट ८० अर्ब ८२ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।
त्यसैगरी, चालु आवको असार २८ गतेसम्म गैरकर राजश्व ६ अर्ब २ करोड ९० लाख रुपैयाँ संकलन भएको छ भने अनुदानबाट ४ अर्ब ९२ करोड ६० लाख रुपैयाँ संकलन भएको तथ्यांकले जनाएको छ । अन्य राजश्व अन्तर्गत ४५ करोड १२ लाख रुपैयाँ राजश्व संकलन भएको हो ।
Comment