हिम स्टार ऊर्जा कम्पनीको आइपीओमा पहिलो दिनमै आठ गुणा बढी आवेदन, कतिले भरे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सर्वसाधारणका लागि निष्काशन गरिएको आइपीओमा पहिलो दिनमै आठ गुणा बढी आवेदन परेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि सेयर निष्कासन तथा बिक्री खुला गरेको हो।

पहिलो दिनमै ५ लाख २० हजार २६७ जना आवेदकले ६२ लाख ६२ हजार २५० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो जारी सेयरको मागभन्दा ८.०९ गुणा बढी हो, जसले सर्वसाधारण लगानीकर्ताको उच्च चासो झल्काउँछ।

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत अर्थात् ११ लाख १९ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो। यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर वितरण भइसकेको छ। अब कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाहेक बाँकी ७ लाख ७३ हजार ९७५ कित्ता सर्वसाधारणका लागि खुला गरिएको हो।

यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन म्याद असार २७ गतेसम्म रहनेछ भने यदि त्यस अवधिमा पूर्ण आवेदन नआएमा साउन ६ गतेसम्म लम्बिन सक्नेछ।

आइपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा एनआईसी एशिया क्यापिटल लिमिटेडले लिएको छ। आइपीओप्रति देखिएको उत्साहजनक सहभागिताले ऊर्जा क्षेत्रमा लगानीप्रति आमनागरिकको आकर्षण पुष्टि गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।