बिहीबार नेप्से ९.१४ अंकले उकालो, जीवन बीमा समूहको उच्च बृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ९.१४ अंकले बढेर २७०३.९६ बिन्दुमा पुगेको हो।

बिहीबार ३११ कम्पनीका २ करोड ४९ लाख ७६ हजार ३६६ कित्ता सेयर ९६ हजार ४११ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ६४ करोड ५५ लाख ५० हजार रुपैयाँ पुगेको छ।

पछिल्लो दिन बुधबार नेप्से ३४.४२ अंकले उकालो लागेर २६९४.८२ अंकमा पुगेको थियो। सो दिन कुल कारोबार रकम ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँ थियो।

धेरैजसो समूहमा हरियाली देखिए पनि व्यापार समूह भने ५४.४६ अंकले घटेको छ। जीवन बीमा समूह सबैभन्दा धेरै ३४५.८८ अंकले, निर्जीवन बीमा २७९.१९ अंकले, वित्त समूह ९७.९० अंकले, विकास बैंक समूह ६७.६७ अंकले वृद्धि भएको छ।

सेयर मूल्यमा नेपाल फाइनान्स १० प्रतिशतले उकालो लाग्दै अग्रस्थानमा रह्यो। खानीखोला हाइड्रोपावर ७.१७ प्रतिशत, समृद्धि फाइनान्स ७.०८ प्रतिशत, भुगोल इनर्जी ६.७८ प्रतिशत र सयपत्री हाइड्रोपावर ६.५७ प्रतिशतले बढेका छन्।

उता, सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँस लघुवित्तको सेयर मूल्य समान रूपमा १० प्रतिशतले घटेको छ। धौलागिरी लघुवित्त ५.५५ प्रतिशत, पाँचथर पावर ३.७९ प्रतिशत र पञ्चकन्या माई हाइड्रोपावर ३.७७ प्रतिशतले ओरालो लागेको छ।

कारोबार रकमका आधारमा बुटवल पावर ३१ करोड ६८ लाख रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ। इकाई संख्याका हिसाबले लक्ष्मी सन्राइज बैंक १४ लाख १७ हजार ८३६ इकाईसहित अगाडि रहँदा, कारोबार संख्याका आधारमा शिवश्री हाइड्रोपावर २ हजार ८३१ पटकको कारोबारसहित अग्र स्थानमा छ।

बिहीबारको कारोबार पश्चात् कुल बजार पूँजीकरण ४५ खर्ब ५ अर्ब १९ करोड ३८ लाख रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।