केटिएम हस्पिटालिटीको आइपिओ निष्काशन गर्दै, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । केटिएम हस्पिटालिटी र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडबीच सम्झौता भएको छ । केटिएम गु्रप होल्डिङ्गस अन्तर्गत संचालित ४५ करोड चुक्ता पुँजी रहेको केटिएम हस्पिटालिटी लिमिटेडले १२ करोड ५० लाख रुपैयाँ रकम बराबरले हुन आउने १०० रुपैयाँ अंकित दरले १२ लाख ५० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गरेको हो ।

सर्वसाधारणलाई प्राथमिक शेयर निष्काशन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेड को मुख्य कार्यालय, काठमाण्डौमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको समुपस्थितिमा हस्ताक्षर भएको हो । सो सम्झौता–पत्रमा केटिएम हस्पिटालिटी लिमिटेडको तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरे ।

केटिएम हस्पिटालिटी लिमिटेडले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूह अन्तर्गतको एक लक्जरी पाँच तारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।