काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि थप ५० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएकाे छ । यस अघि आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तानेकाे राष्ट्र बैंकले आज थप ५० अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले ६३ दिन अवधिका लागि निक्षेप संकलनको बोलकबोल आह्वान गरेको हो।यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन् ।अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो ३ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी भदौ ११ गते हुनेछ
Comment