बिजुली खपत घट्यो, आर्थिक क्रियाकलापमा उल्लेख्य कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बन्दाबन्दी अवधिमा धेरैमात्रामा उद्योग/व्यवसायहरु मारमा परेको छन् ।

उद्योग/व्यवसाय सञ्चालनमा नहुदा औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको सर्वेक्षणले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षण अनुसार बन्दाबन्दी अवधिमा उद्योगरव्यवसायहरुको औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको देखिएको हो ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ४६.६ प्रतिशतले पहिलेको भन्दा ७५ प्रतिशतसम्म कम, १९.२ प्रतिशतले पहिलेको भन्दा ५० प्रतिशतसम्म कम र १८.१ प्रतिशतले पहिलेको भन्दा २५ प्रतिशतसम्म कम बिजुली खपत गरेको जनाएका छन् ।

सहभागीमध्ये १३.५ प्रतिशत उद्योग/व्यवसायहरुको बिजुली खपत पहिलेको जस्तै रहेको र २.६ प्रतिशतको बिजुली खपत बढेको पाइएको छ ।

उद्योग व्यवसायको आकार अनुसार हेर्दा पहिलेको भन्दा ७५ प्रतिशतसम्म बिजुली खपतमा गिरावट आएको जनाउनेमा अन्यको तुलनामा ठूला उद्योग/व्यवसाय धेरै रहेका छन् ।

सञ्चालनमा रहेका ५३.५७ प्रतिशत ठूला उद्योग/व्यवसायको बिजुली खपत ७५ प्रतिशतले घटेको छ । अन्य आकारका उद्योगहरुको पनि बिजुली खपतमा लगभग उस्तै गिरावट आएको देखिन्छ ।

बन्दाबन्दीे अवधिमा सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन/कारोबार घटेको जनाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।