सेञ्चुरी बैंकले सुरू गर्‍यो ‘थ्रीडी सेक्युअर’ कार्ड सेवा,पूर्णरूपले सुरक्षित हुने बैंकको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले ‘थ्रीडी सेक्युअर’ सेवा सुरू गरेको छ।

आफ्ना ग्राहकहरुको लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैँक लिमिटेडद्वारा इजलेन्ट टेक्नोलोजी इन्डियासंगको सहकार्यमा थ्री डी सक्कयूर सेवा प्रारम्भ गरेको हो ।

सो सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैँकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरीद गर्न मात्र सिमित नभई अब यि कार्डहरूबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिन्छ ।

थ्री डी सेक्यूर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वन टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा ईमेलमा प्राप्त गर्न सक्नेछन् । थ्री डी सेक्यूर सेवामा कार्ड र वन टाइम पासवर्ड दुबै आवश्यक पर्ने हुदाँ कारोवार पूर्ण रूपले सुरक्षित हुन्छ ।

अन्य जानकारीका लागि बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न बैंकले अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।