काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९८० रुपैयाँ कायम भएको छ ।
हिजो मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ९७० रुपैयाँ कायम भएको थियो ।




Comment