काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३ हजार ४ सय रुपैयाँले बढेको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।
बुधबार ४ हजार ७ सय ५० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार १ सय ५ रुपैयाँले बढ्दै ४ हजार ८ सय ५५ रुपैयाँ पुगेको छ ।




Comment