एकैदिन ५ हजार रुपैयाँले घट्यो सुनको भाउ, मूल्य कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार २ लाख ९९ हजार ३ सय रुपैयाँ प्रतितोलामा किनबेच भएको सुनको मूल्य सोमबार ५ हजार रुपैयाँले घटेको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँ रहेकोमा सोमबार १ सय ४५ रुपैयाँले घटेको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।