‘छ माया छपक्कै २’ को गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै २’ मा समावेश गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक गरिएको उक्त गीतमा सबिन सुवेदी र साहिमा श्रेष्ठको स्वर रहेको छ। राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन्।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिषा भट्टराईलाई देख्न सकिन्छ। भिडियोमा श्रीमान–श्रीमतीको भूमिकामा रहेका दीपकराज र केकीबीचका प्रेमिल दृश्य प्रस्तुत गरिएका छन् भने सनिषाको प्रवेशले कथालाई थप रोचक बनाएको छ।

भिडियोमा दीपकराज दुबै पात्रसँग सहज देखिएकाले फिल्ममा त्रिकोणात्मक प्रेमकथाको संकेत गरिएको अनुमान गर्न सकिन्छ। गीतको कोरियोग्राफी किरण थापाले गरेका हुन्।

‘छ माया छपक्कै २’ सन् २०१९ मा प्रदर्शन भएको चर्चित फिल्म ‘छ माया छपक्कै’ को सिक्वेल हो। निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेको फिल्मले सामाजिक तथा राजनीतिक विषयवस्तुलाई समेटेको बताइएको छ।

फिल्मको पटकथा निर्देशक लामासँगै दीपकराज गिरीले लेखेका हुन्। फिल्ममा दीपाश्री निरौला, निर्मल शर्मा लगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

रोहित अधिकारी निर्मित फिल्मका कार्यकारी निर्माता निर्मल शर्मा र सुरज बम ठकुरी रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।