काठमाडौं । विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘मिशेलिन प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ। मिशेलिनको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालिमार्फत उक्त टायर सिरिज नेपालमा भित्र्याइएको हो।
अन्तर्राष्ट्रिय बजारमा गुणस्तर, प्रविधि र नवीनताका लागि परिचित मिशेलिनले आधुनिक प्यासेन्जर कारलाई लक्षित गर्दै प्राइमसी ५ सिरिज नेपाली बजारमा उपलब्ध गराएको हो। यससँगै नेपाली उपभोक्ताले आफ्नो सवारीसाधनको आवश्यकता र उपयुक्तताअनुसार प्रिमियम टायर छनोट गर्ने थप अवसर पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार मिशेलिन प्राइमसी ५ नेपाली बजारमा पाँच फरक साइजमा उपलब्ध हुनेछ। जसमा १९५/५५ आर१६, २०५/६० आर१६, २०५/६५ आर१६, २१५/६० आर१६ र २१५/६० आर१७ रहेका छन्। यी साइज नेपाली बजारमा प्रचलित विभिन्न ब्रान्डका प्यासेन्जर कार तथा एसयूभीलाई लक्षित गरी ल्याइएको हो।
उपलब्ध साइजमध्ये २१५/६० आर१७ हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २, बीवाईडी एट्टो ३ तथा नामी बक्सका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ। त्यस्तै, २०५/६० आर१६ साइज हुन्डाई तथा किया पुराना सेडान, सुजुकी ब्रेजा र फोर्ड इकोस्पोर्टका लागि उपलब्ध हुनेछ।
यसैगरी, २०५/६५ आर१६ साइज हुन्डाई क्रेटा तथा किया सेल्टोसका लागि उपयुक्त छ। १९५/५५ आर१६ साइज हुन्डाई आई२०, सुजुकी बलेनो, हुन्डाई एक्सेन्ट, फोर्ड फिएस्टा, टाटा अल्ट्रोज, होन्डा सिटी, किया रियो, सुजुकी स्विफ्ट तथा फक्सवागन पोलोलगायतका सवारीसाधनका लागि उपलब्ध हुनेछ। त्यस्तै, २१५/६० आर१६ साइज हुन्डाई भेन्यु, किया सोनेट, सुजुकी ब्रेजा, टाटा नेक्सन तथा टाटा कर्भका लागि लक्षित गरिएको छ।
सिप्रदी अटोपार्ट्सले अन्तर्राष्ट्रिय स्तरका प्रतिष्ठित अटोमोटिभ ब्रान्ड तथा गुणस्तरीय उत्पादन नेपाली उपभोक्तामाझ उपलब्ध गराउँदै आएको छ। मिशेलिनको प्राइमसी ५ सिरिज नेपालमा उपलब्ध गराउनु उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरका प्रिमियम उत्पादनसम्म पहुँच विस्तार गर्ने आफ्नो प्रतिबद्धताको निरन्तरता भएको कम्पनीले जनाएको छ।
मिशेलिन प्राइमसी ५ नेपाली बजारमा उपलब्ध भएसँगै प्रिमियम टायर खोजिरहेका ग्राहकले आफ्नो सवारीसाधनअनुसार उपयुक्त साइज, उपलब्धता तथा खरिदसम्बन्धी जानकारी सिप्रदी अटोपार्ट्समार्फत प्राप्त गर्न सक्नेछन्।





Comment