काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।
सोमबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन आइतबार सुनको मूल्य प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँ कायम भएकोमा सोमबार १ हजार १ सय रुपैयाँले घटेको हो ।
सोमबार चाँदी प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार ८० रुपैयाँले घटेको हो ।





Comment