पहिचान पुरस्कारका लागि १६ उत्कृष्ट कृति सार्वजनिक, दुई कृतिले पुरस्कार पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पहिचान पुरस्कार कोषले २०८१ र २०८२ सालको पहिचान पुरस्कारका लागि उत्कृष्ट १६ कृतिको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीमा परेका कृतिमध्ये दुईवटा कृतिले २०८१ र २०८२ सालको पहिचान पुरस्कार प्राप्त गर्नेछन्।

कोषले २०८१ सालका लागि श्याम सिंघकको ‘कोइलाखाद’ (उपन्यास), सुरज रानाको ‘जब कविता निस्कन्छ जुलुसमा’ (कविता संग्रह), डा. चित्र माबोको ‘डोलीभर्ना’ (कथा संग्रह), कुमारी लामाको ‘दर्ज्यु संलाप’ (निबन्ध संग्रह), शकुन आँशुको ‘नवयुगकी सुम्निमा’ (कविता संग्रह), जुनी रानाको ‘रातो नदी’ (कविता संग्रह), खुपेन सुनुवारको ‘ल्यान्डस्केपमा झुन्डिएको मौनता’ (कविता संग्रह) र राधिका कल्पितको ‘सम्मोहन’ (कथा संग्रह) लाई उत्कृष्ट सूचीमा समावेश गरेको छ।

त्यस्तै, २०८२ सालका लागि ललित विष्टको ‘उत्कर्ष’ (कथा संग्रह), केदार संकेतको ‘अन्तिम साँझ’ (कथा संग्रह), खगिन्द्रा खुशीको ‘खुशीको गाउँ’ (उपन्यास), क्षितिज समर्पणको ‘तोरकीन’ (उपन्यास), भूपिनको ‘मध्यको उज्यालो’ (निबन्ध संग्रह), राज बान्तवाको ‘माइला दमाई’ (उपन्यास), सीमा आभासको ‘महायुग’ (उपन्यास) र उमा सुवेदीको ‘परिधि’ (उपन्यास) उत्कृष्ट सूचीमा परेका छन्।

यी १६ कृतिमध्येबाट दुई कृतिलाई २०८१ र २०८२ सालको पहिचान पुरस्कार प्रदान गरिने कोषले जनाएको छ।

पहिचान पुरस्कारको राशि ५ लाख २ हजार २ रुपैयाँ रहेको छ। कोषमा दर्ता भएका कृतिहरूमध्येबाट छनोट गरी उत्कृष्ट सूची तयार पारिएको संस्थापक काङमाङ नरेश राईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसअघि २०८१ सालको पहिचान सम्मान साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालाई प्रदान गरिएको थियो। उनलाई नगद ५ लाख २ हजार २ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो।

यस्तै, सोही वर्षको पहिलो पहिचान युवा सम्मान गणेशकुमार राई ‘गीलु रातोस’लाई प्रदान गरिएको थियो। उनलाई नगद ५० हजार २ सय २ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।