काठमाडौं महानगरले भन्यो– ‘डीआईले विद्यार्थीमा भय सिर्जना गरे, नराख्नू’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालित विद्यालयले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएको छ। शुक्रबार विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् भनेका छन्।

‘विद्यार्थीको अनुशासन कायम राख्न भन्दै अनुशासन इन्चार्ज राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने गरेको छ,’ सूचनामा भनिएको छ,’ शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएको छ।’

यस्तै, विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज नराख्न महानगरपालिकाले सूचनामार्फत् आह्वान गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।