श्रम मन्त्रालयको गाडी दुरुपयोगपछि एक साताभित्र सवारी विवरण उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको सर्कुलर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सरकारी सवारी साधन हराएको र फेरि फेला परेको घटनापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कडा ध्यानाकर्षण जनाउँदै सबै मन्त्रालय, आयोग, बोर्ड, समिति र निकायसँग गाडीको विवरण संकलन गर्न निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले आइतबार सबै निकायमा परिपत्र पठाउँदै आफ्नो मातहतमा रहेका सवारी साधनको विस्तृत विवरण टेबुलको ढाँचामा उपलब्ध गराउन आग्रह गरेको छ। परिपत्रमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनहरू प्रयोग गरिरहेका अधिकृत वा कर्मचारीको नाम, पद, गाडीको प्रकार, नम्बर र स्थायित्व (प्रयोगको अवस्था) स्पष्ट रूपमा उल्लेख गर्न भनिएको छ।

प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीद्वारा जारी परिपत्रमा भनिएको छ, “सवारी साधनहरूको व्यवस्थापन पारदर्शी बनाउन तथा दुरुपयोग नियन्त्रण गर्न विवरण सङ्कलन आवश्यक भएकोले सबै निकायले यो कार्यमा सहयोग पुर्याउनु होला।”

यससँगै प्रधानमन्त्री कार्यालयले सो जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई समेत उपलब्ध गराएको छ।

सरकारी सवारी साधनको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न यो कदम चालिएको बताइएको छ। श्रम मन्त्रालयको गाडी हराएको र फेरि भेटिएको समाचार सार्वजनिक भएपछि सरकारमाथि प्रश्न उठिरहेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।