इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् । बाँकी दुई जनाको अहिले पनि उपचार भइरहेको छ।

लम्सालले भनिन्–विद्यार्थीहरु विश्वविद्यालयबाट कोही भर्खरै गएका छन् । त्यहाँको बारेमा सबै जानकारी पनि नभएका कारण हामीले क्षति पनि भोग्यौं । २६५ विद्यार्थीमध्ये १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको भन्दै बाँकीलाई २५० सीटको वाइडबडी विमानबाट एकैपटक ल्याउने तयारी रहेको जानकारी दिइन् ।

मन्त्रालयका अनुसार इजरायलमा विद्यार्थी र अन्य विभिन्न सेक्टरमा कार्यरत कामदारसमेतको संख्या करीव ४ हजार ५ सय रहेको छ । पहिलो उद्दारको उडानमा जोखिमक्षेत्रबाट एकै ठाउँमा राखिएका विद्यार्थीलाई ल्याइने र सम्भव भएसम्म अरुलाई पनि लिएर आउने लम्सालले बताइन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।