एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला   । नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ। १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भएको हो । 

उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै हिजो जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ। नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो। 

पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए। नेता शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने  प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।