राष्ट्रसंघ महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले असोज अन्त्यमा गर्ने भनिएको नेपाल भ्रमण तत्कालका लागि स्थगित भएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले यसको पुष्टि गरिन्।

इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको लम्सालले जानकारी दिइन्।

महासचिव गुटरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम थियो। गुटरेसले केही समयपछि नेपाल भ्रमण गर्ने सरकारले जानकारी दिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।