इजरायलमा उद्धारको पर्खाइमा ३५० नेपाली, स्वदेश ल्याउन ‘समय लाग्ने’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । युद्धग्रस्त इजरायलबाट स्वदेश फर्किन मंगलबार बेलुकासम्म ३५० जना नेपालीले आवेदन दिएका छन्।  

इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको आवेदन लिइरहेको छ। आवेदन दिए पनि उनीहरूलाई उद्धार गर्न समय लाग्ने देखिएकाे छ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँगको टेलिफोन वार्तामा स्वदेश फर्किन चाहने नेपालीको उद्धारकाे विषयमा कुराकानी गरेका थिए। 

‍टेलिफाेन संवादमा आतंककारी समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीको शव ल्याउनेबारे पनि छलफल भएकाे थियाे। 

यद्यपि छलफल भए पनि शव ल्याउन पनि केही दिन लाग्ने भएकाे छ। इजरायली पक्षले केही प्रक्रिया पूरा गरेपछि मात्र शव फिर्ता हुने जनाएकाे छ।

सरकारले इजरायलबाट नेपालीको उद्धारका लागि जहाज तयारी अवस्थामा राखे पनि उताबाट अवतरणको अनुमति प्राप्त भएकाे छैन। यस्तै, हराइरहेका एक जना नेपाली विद्यार्थीकाे खाेजीकार्य भइरहेकाे छ।

इजरायलवासी सम्पूर्ण नेपाली नागरिकरूलाई संयम रहँदै निरन्तर दूतावाससँग समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न पनि दूतावासले अनुराेध गरेकाे छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।