इजरायलबाट नेपालीलाई उद्धार गर्न एमालेको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलबाट नेपालीको उद्धार गर्न सरकारसँग माग गरेका छन् ।  

साथै उनले घाइतेहरूको उपचारको व्यवस्था गर्न आग्रह पनि गरेका छन् ।

एमाले अध्यक्ष ओलीले आज एक विज्ञप्ति जारी गरी आक्रमणमा ज्यान गुमाएकोहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको उपचारको व्यवस्था गर्न माग गरेका छन् ।

आतंकवादी हमलामा नेपालीको ज्यान गएकामा आफू स्तब्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले दिवंगत भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् ।

विज्ञप्तिमा अध्यक्ष ओलीले आतंकवादी हमलाको निन्दा पनि गरेका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।