नेपाल विकासशील मुलुक बन्ने दिशामा : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसङ्घको “विकासका लागि वित्त” विषयक चौथो अन्तर्राष्ट्रिय सम्मेलनबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्। सोमबारको बैठकमा बोल्दै उनले सम्मेलनले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ गर्न र आर्थिक कूटनीतिलाई अघि बढाउन महत्त्वपूर्ण योगदान दिएको बताए।

प्रधानमन्त्री ओलीले सम्मेलनमा अतिकम विकसित राष्ट्रहरूको तर्फबाट नेतृत्व गर्दै न्यायपूर्ण आर्थिक र सामाजिक विकासको पक्षमा वकालत गरेका थिए। उनले नेपाल सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति हुने विश्वास पनि व्यक्त गरे।

सम्मेलनकै अवसरमा ओलीले स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजसँग भेटवार्ता गरेका थिए भने विभिन्न साइड इभेन्टहरूमा सहभागिता जनाउँदै नेपालको पक्षमा पैरवी गरेका थिए। प्रधानमन्त्रीले सम्मेलनबाट नेपालले वैदेशिक लगानी र अन्तर्राष्ट्रिय सहयोगका क्षेत्रमा थप अवसर पाउने अपेक्षा पनि व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।