‘कुलिङ पिरियड’ प्रकरण : प्रतिवेदन नआएसम्म समितिमा नजाने सभापति खतिवडाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छलछामबारे छानबिन गर्न गठित विशेष समितिले प्रतिवेदन नबुझाएसम्म प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा परामर्श समितिका सभापति रामहरि खतिवडाले समितिमा सहभागी नहुने घोषणा गरेका छन्।

सभामुख देवराज घिमिरेले डाकेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा खतिवडाले केही दिनसम्म समितिमा नजाने र सभापति भएबापत पाएको सरकारी गाडी सुविधा पनि तत्काल फिर्ता गर्ने बताएका हुन्। उनले भने, “म केही दिन समिति जान्न। आजै गाडी फिर्ता दिएर आफ्नै गाडी चढ्छु। समितिले प्रतिवेदन नबुझाएसम्म आजदेखि मैले बैठकको नेतृत्व गर्दिनँ।”

निजामती विधेयकको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएअनुसार सेवा निवृत्त भएका उच्च पदस्त कर्मचारीले दुई वर्षपछि मात्र सरकारी नियुक्ति लिन पाउने व्यवस्था गरिएको थियो। उक्त व्यवस्था राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको भए पनि प्रतिनिधिसभाको पूर्ण बैठकबाट पारित हुँदा त्यो व्यवस्था हटेको पाइएपछि विवाद उत्पन्न भएको हो।

यही विवादको छानबिन गर्न गठित विशेष समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, रास्वपाका गणेश पराजुली र राप्रपाकी रोशन कार्की सदस्य रहेका छन्। समितिले प्रतिवेदन नबुझाइसकेकाले खतिवडाले आफ्नो भूमिकाबाट केही समय अलग रहने बताएका हुन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।