आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने भएको छ। स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावले बिहान गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार पहाडी  भू-भागका थोरै स्थानहरू तथा तराई भू-भागका एक-दुई स्थानमा अपराह्णतिर मेघ गर्जन र चट्याङसहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलिदेखी मौसम सामान्यतया सफा रहने महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वाअनुमार बुलेटिनमा उल्लेख छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन  र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।