कस्ताे रहला आज मङ्गलवारकाे माैसम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् । 

यद्पि तराईका भू–भागका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसाे सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान माैसमविद्ले गरेका छन् । 

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले बिहान ६ बजे जारी गरेकाे सूचनामा उल्लेख छ । 

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने जनाइएकाे छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।