कुख्यात ‘किलर’ चार्ल्स शोभराज रिहा गर्न सर्वोच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुख्यात अपराधी चार्ल्स शोभराज लमुक्त गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।  

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले कैद मुक्तगर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको हो। 

फ्रान्सेली नागरिक शोभराज करिब १ दशक अगाडि नेपालमा पक्राउ परेका थिए। कर्तव्य ज्यानको मुद्दामा उनलाई जिल्ला अदालत भक्तपुरले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।   

शोभराजको उमेर ७५ वर्ष भइसकेको तथा उनी मुटुसम्बन्धी रोगबाट पीडित भइ उपचारको अवस्थामा रहेको तथा तोकिएको कैदमध्ये ७५ प्रतिशत (१९ वर्ष) कैद सजाय भोगिसकेको देखिएको सर्वोच्चको आदेशमा उल्लेख छ। 

‘…अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडीदिन तथा यो आदेश भएको १५ दिनभित्र देश फर्काउन यो आदेश जारी गरिएको छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘सम्बन्धित जिल्ला अदालतमार्फत् कारागार कार्यालय जगन्नाथ देवल काठमाडौंमा छिटो साधनद्वारा आदेशको जानकारी पठाइदिनु।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।