भेल्लुबाजेलाई पक्राउ गरी कारबाही गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। समाजमा अश्लीलता फैलाएको भन्दै भेल्लुबाजे भनेर चिनिने मीनबहादुर बुढाको गतिविधि नियन्त्रणको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले ज्ञापनपत्र बुझाएका छन्।

भेल्लुबाजे र उनका सहयोगीका गतिविधि क्षणिक मनोरञ्जन दिए पनि बालबालिकालाई समेत नराम्रो असर परेको भन्दै प्युठानका प्रमुख जिल्ला अधिकारी सुनीता नेपाललाई स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

झिमरुक-३ प्युठानका सुवास जिसीले भेल्लुबाजेका हर्कतले बालबालिकालाई समेत नराम्रो असर परेकाले उनलाई नियन्त्रणमा समेत लिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाइएको छ।

ज्ञापनपत्रमा भनिएको छ– ‘‘भेल्लुबाजेलाई विभिन्न व्यक्ति तथा मिडियाहरूले मदिरा सेवन गराई मात्तिएको अवस्थामा विभिन्न अश्लील हर्कतहरू गराउने र सामाजिक सञ्जालबाट प्रस्तुत गरी समाजमा फोहोर, अश्लील, अपाच्य र अमर्यादित शब्दहरू प्रसारण गर्ने गरेको र त्यसको गहिरो गरी बालबालिकाहरूमा समेत प्रभाव परेकाले यथाशीघ्र भेल्लुबाजे, उनलाई प्रोत्साहन गर्ने मिडिया र व्यक्तिहरूलाई समेत नियन्त्रण गरी सामाजिक अनुशासन र मर्यादा कायम गर्नु अनिवार्य छ ।’’                                                                                        

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।