ढिस्कोले पुरिएर बुटवलमा दुई जनाको ज्यान गयाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल । बुटवलको तिनाउ नदी किनारमा जाडो छल्न स्थानीयहरू आगो तापेर बसिरहेका बेला ढिस्को खसेर चोट लाग्दा दुई जनाको निधन भएको छ ।

बुटवलको देवीनगर स्थित तिनाउ किनारमा बुधबार साँझ उक्त घटना भएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका  छन् । त्यस्तै, घटनामा परी केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ। ढिस्को खसेर पाँचजना पुरिएकोमा दुईजनाको अस्पताल पु(याएपछि मृत्यु भएको हो । 

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेका थिए ।  स्थानीय देबीनगरको प्रगतिनगर टोलका पाँच जना तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।