काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण तीव्र गतिमा फैलिएको समयमा भौतिक रुपमै उपस्थित भएर लिइने परीक्षाको सट्टा वैकल्पिक उपाय अपनाउन आग्रह गरेको छ ।
बुधबार पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीले कोरोना संक्रमितलाई पनि सँगै राखेर परीक्षा लिएको भन्दै गरेको प्रदर्शनप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा रस्वास्थ्य मौलिक हक भएको उल्लेख गर्दै ती हकको सम्मान गर्न सरोकारवाला निकायसँग आग्रह गरेका छन् । उनले बुधबार पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीले गरेको प्रदर्शन र प्रहरीले गरेको लाठीचार्जको विषयमा अनुगमन गरेको भन्दै विद्यार्थीहरुले परीक्षाको वैकल्पिक व्यवस्था गर्न माग गरेको पाइएको उल्लेख गरेका छन् ।
आयोगले कोरोना महामारीबाट नागरिकको स्वास्थ्यमा पर्न जाने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गराउन, परीक्षाको वैकल्पिक उपाय अपनाई नागरिको स्वास्थ्यसम्बन्धी अधिकारप्रति संवेदनशील हुन आग्रह गरेको छ।
Comment