हवाई यात्रुले यात्रा गर्दा कोरोना खोप कार्ड अनिवार्य बाेक्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोभिड- १९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ ।

वायुसेवा सञ्चालक संघले आफ्नो सदस्यहरुलाई सर्कुलर जारी गर्दै खोप कार्ड अनिर्वाय गरेको हो ।

कार्ड बोक्न नसक्दा मोवाइलमा फोटो देखाए पनि हुने व्यवस्था गरिएको छ ।

उडानका यात्रुलाई फेस शिल्ड अनिवार्य गरिने छैन । यात्रा अवधिभर मास्क भने खोल्न पाइने छैन । यात्रुको तापक्रम नाप्ने व्यवस्था भने वायुसेवा कम्पनीले मिलाउनु पर्नेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।