काठमाडौं । सरकारले कोरोना भाइरसको परीक्षण शुल्क घटाएको छ। बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको बताएका हुन्।
अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनु पर्नेछ। यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षणकाे १ हजार रुपैयाँ लाग्थ्यो ।
त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिन्थ्यो ।
Comment