बतास प्रकरणमा तत्काल समाधान नखोजे निजी क्षेत्र चरणबद्ध विरोधमा उत्रिाने संघकाे चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले मंगलबार बतास अर्गनाईजेसनको विवाद सम्बन्धमा खण्डन गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ ।

संघका अध्यक्ष दिनेश श्रेष्ठले सार्वजनिक गरेको विज्ञप्तिमा व्यवसायी माथि एक तर्फी रुपमा बिना प्रमाण प्रहार एवं चरित्र हत्या र मानमर्दन गरिएको उल्लेख छ । यस घटनाबाट सम्पूर्ण निजी क्षेत्र नै सशंकित र आतंकित बनेको समेत विज्ञप्तिमा उल्लेख छ ।

नारायणहिटी दरवार संग्रहालयमा नेपाल सरकारले टेण्डर आव्हान गरि विधिपुर्वक बतास अर्गनाईजेसनलाई सम्झौतामा उल्लेख भए अनुसार क्याफेटेरिया संचालन गर्न अनुमति दिएको उल्लेख गर्दै कानुनी रुपमा अनुमति प्राप्त गरिसके पछि मात्र बतास अर्गनाईजेसनले सो क्षेत्रमा क्याफेटेरिया संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गरिरहेको अवस्थामा निर्माणाधीन संरचना भत्काउनुलाई मुलुकमा स्वतन्त्र व्यवसाय र लगानी गर्ने वातावरण माथि अंकुश लगाएको महसुस भएको आरोप लगाएको छ ।

संघले आवश्यक छानविन गरि सत्य तथ्य पत्ता लगाएर दोषी माथि कारवाही गर्न र पीडित व्यवसायीलाई क्षतिपुर्तिको व्यवस्था गर्न समेत सरकारसँग माग गरेको छ ।

संघले समस्याको यथाशिघ्र समाधानमा जोड दिएको छ ।

तत्काल समाधान खोज्न आनाकानी र ढिला सुस्ती गरे व्यवसायीहरु संगठित भई चरणबद्ध रुपमा विरोधमा उत्रिने समेत विद्दप्ति मार्फत संघले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।