कांग्रेस महामन्त्री शर्माको सपरिवारलाई कोरोना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोरोना संक्रमित भएका छन् ।

महामन्त्री शर्माले बुधबार समाजिक सञ्जाल ट्वीटरमार्फत आफू पुन: कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । 

उनले सपरिवार नै कोरोना संक्रमित भएको जनाए । सार्वजनिक कार्यक्रममा सर्तकता नअपनाएका कारण आफू र  परिवार संक्रमित भएको उनकाे भनाइ छ ।

शर्माले लेख्छन्,‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’

संक्रमणले ग्रस्तभएपछि ललिपुरस्थित मेडीसीटी अस्पतालमा पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट पोजेटिभ आएको उनले जनाएका छन् ।

८ महिनाअघि पनि उनी संक्रमित भएका थिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।