शुक्रबारदेखि मनकामना मन्दिरमा प्रवेश निषेध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना संक्रमण बढ्दै गएपछि मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । 

कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले जानकारी दिए । समितिको मंगलबार बसेको बैठकले मन्दिरमा शुक्रबारेदखि नित्य पूजाबाहेक अन्य सबै पूजाआजा बन्द गर्ने निर्णय गरेको जोशीले बताए ।

माघ मसान्तसम्म मन्दिरमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाउने निर्णय भएको हो । बन्दको समयमा आउने भक्तजनले मन्दिरको रेलिङ बाहिरैबाट पूजा गरेर फर्कनुपर्ने छ । ‘शुक्रबारदेखि जोकोहीले पनि मन्दिर बाहिरको बारबाट मात्र पूजाआजा गर्न पाउनेछन्,’ उनले भने, ‘मन्दिरभित्र पसेर पूजा गर्न पूर्णरूपमा रोक लगाइनेछ ।’

मनकामनामा अहिले दैनिक पाँच हजारभन्दा बढी भक्तजन दर्शनका लागि आउने गरेको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले जानकारी दिए । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।