सीमा क्षेत्रमा उच्च सतर्कता, हेल्प डेस्क स्थापना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीमा कोरोना भाइरस संक्रमित दिनप्रतिदिन बढ्दै गएको बेला डाक्नेश्वरी नगरपालिकाको पातोमा हेल्थ डेस्क स्थापना गरेर संक्रमण नियन्त्रणको प्रयास थालिएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र जिल्ला  स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव आफ्नै एन्टिजेन परीक्षण गरेर ट हेल्प डेस्क स्थापना गरेको हो ।

जिल्लासँग जोडिएको सीमामा कुशाहा छोटी भन्सार कार्यालय सप्तरी नाकाबाट पैदल यात्रुहरूको आवतजावत दिनहुँ हुने गरेपछि यस सीमा क्षेत्रमामा उच्च सतर्कता अपनाउन हेल्प डेक्स स्थापना गरिएको प्रजिअ गौतमले बताए ।

सप्तरीसँग जोडिएको नेपाल-भारत सीमामा आवतजावत खुला रहेको नाकामा शरीरको तापक्रम नापेर मात्र सर्वसाधारण लाई आवतजावत गर्न दिइएको छ ।

उच्च तापक्रम तथा कोरोना लक्षण भएका व्यक्तिहरूलाई एन्टिजेन परिक्षण गर्ने गरिएको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यसअघिदेखि नै सप्तरीको तिलाठी कोईलाडी नाकामा हेल्प डेक्स स्थापना गरिएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।