काठमाडौं । सर्वोच्च अदालका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकका लागि पत्राचार गरिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।
उनका अनुसार अदालतका ३५ जना कर्मचारीलाई कोरोना संक्रमण देखिएको र अन्य ३० भन्दा बढी कर्मचारीलाई कोरोनाको लक्षण देखिएको र उनीहरूकाे स्वाब परीक्षण गरेर होमआइसोलेसनमा बसेको जनाकारी दिए ।
कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि मंगलबार दिउँसो पूर्ण बैठक बस्ने तयारी गरिएको छ । फूल कोर्ट बस्नका लागि सबै न्यायाधीशहरूलाई पत्राचार गरिएको उनले बताए ।
Comment