प्राधिकरणमा कुलमानको नियुक्ति विरुद्ध सर्वोच्च पुगे शाक्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका छन्। 

शाक्यले सोमबार सर्वोच्च अदालतमा  रिट दर्ता गराएका छन्। शाक्यले पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यसका साथै शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न समेत अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको सरकारले दावी गरिएको थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।