बाढी, पहिरो र चट्याङबाट वैशाख यता २३१ को मृत्यु, ७८ बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ ।

बाढी, पहिरो र चट्याङका घटनामा परी  २६६ जनाले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन ३२ गतेसम्म उनीहरुको ज्यान गएको हो ।

जसमा ७८ जना हराईरहेका छन् भने ३३० जना घाइते भएका छन्। तथ्याङ अनसार पहिरोका घटनामा परी २०८ जनाको मृत्यु, ६६ जना वेपत्ता भएका छन् । १६२ जना घाइते भएका छन्।

सोही अवधिमा बाढीका घटनामा परी ७ जनाको मृत्यु, १२ जना बेपत्ता र ३ जना घाइते भएका छन्।

यो अवधिमा चट्याङ् लागेर ५१ जनाको मृत्यु भएको छ भने १६५ जना घाइते भएका छन्।

— NDRRMA (@NDRRMA_Nepal) August 16, 2020

” target=”_blank”>

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।