add

कहिलेसम्म नेताहरूले नेविसंघको हत्या गरिरहने...?






ActPro Nepal

|

९ वैशाख, २०७८

|
1304

नेपाल विद्यार्थी संघको जन्म कुनै माहोल वा क्याफे, पाटी प्यालेजमा नभई आज भन्दा करिब ५१ वर्ष अगाडी अर्थात् २०२७ साल वैशाख ६ गते स्वायम्भुको सतलको झरीमा एकदलीय निरंकुश पञ्चायको विरुद्धमा लड्न र प्रजातन्त्रको पुनः स्थापना प्राप्तको निम्ति जन्मिएको कुरा कुनै दुबिधा रहेको छैन ।

नेपाल विद्यार्थी संघ क्रियाशिल रहेको विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो, लोकतान्त्रिक, दुरदर्शिता र संघर्षशिल विद्यार्थी संगठन हो नेपाल विद्यार्थी संघ ।

प्रथम जननिर्वाचित वीपी कोइरालाको प्रजातान्त्रिक सरकारलाई तत्कालीन राजा महेन्द्र शाहले अपदस्थ गरि प्रजातन्त्रको हत्या गराई निरंकुश शासनको स्थापना गरि तत्कालीन समयमा दलीय राजनीति व्यवस्थालाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने, मानव अधिकार, स्वतन्त्र र सार्वभौमलाई सुनिश्चित गराउने उद्देश्य लिई आफ्नो विचार र सिद्धान्तसँग सहमत र आबद्ध रहेको विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि।सं २०२७ साल बैशाख ६ गते स्थापना गरिएको थियो ।

प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहाँनीय राणा शासन, एकतन्त्रीय पञ्चायती व्यवस्था, तत्कालीन माओवादीको हिंसात्मक गतिविधिले निम्त्याएको निर्दोष नागरिकको हत्या हिंसा हुँदै तात्कलिन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा प्रजातन्त्र हत्या गराउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, समावेशी समानुपातिक र धर्म निरपेक्ष सहित राज्य व्यवस्थाको नेपाल बनाउन आहम भुमिका रहेको छ ।

प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न सकिँदैन ।नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो । चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस् । परिवर्तनकारी विद्यार्थी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरूकै मार्फतबाट भएकोमा पनि कसैको दुईमत रहन सकिदैन ।

पञ्चायती शासनको दमनमा रहि पिल्सिएका नेपालीहरु र त्यसमा पनि जागरुक विद्यार्थीहरुले प्रवासमा रहेर पनि प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको इतिहास रहेको छ । त्यसैगरि देशभित्रका विभिन्न क्याम्पसहरूमा सम्मेलनको तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको थियो ।

यसैबाट नेपाल विद्यार्थि संघले औपचारिक जन्म पायो । जसले २०३६ सालको जनमत संग्रह, प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्र, संविधान सभा र संविधान घोषणा, स्थानीय, प्रदेश र संघीय निर्वाचनसम्मको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको इतिहास ताजा छन् । पहिला नेपाल विद्यार्थी संघ स्थापना हुनु अघि जयतु संस्कृतम् विद्यार्थी संगठनको रुपमा रहेर संगठनिक गतिविधि र विद्यार्थीहरुको हक हित, प्रजातन्त्रको क्रियाकलापमा संलग्नता रहेको इतिहास जयतु संस्कृतम् रहेको पाइन्छ ।

अहिलेका विद्यार्थी संगठनको एउटा पृष्ठभूमि काल मात्रै हो । तात्कालीन समयमा दरबारमार्गमा रहेको तीनधारा संस्कृत छात्राबासमा रहेका विद्यार्थीहरूले राणा विरोधी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । २००४ साल असार १ गते गठन भएको विद्यार्थीहरूको संगठन नेपाली इतिहासमा पहिलो विद्यार्थी संगठनको हिसावले चिनिन्छ। एकातिर नेपाली काँग्रेसले सशस्त्र आन्दोलन चलाईरहेको थियो भने विद्यार्थीहरूले पनि सरकारी भात खाएर नै सरकार विरूद्ध आन्दोलनको आँधिबेरी चलाईरहेका थिए ।

अन्ततः विद्यार्थीहरुको संलग्नताको केही समयपछि आन्दोलनले पूर्णता पाएको ऐतिहासिक इतिहास रहेको छ । तात्कालीन समयमा स्वतन्त्रता प्राप्तिको भनेर नै आन्दोलन केन्द्रित नभएको भएपनि पछि उनीहरू विस्तारै स्वतन्त्रता प्राप्तिको लागि आन्दोलन केन्द्रीत हुँदै गयो ।

त्यतिबेला संस्कृत मात्रै पढ्दै आएका विद्यार्थीहरूले भूगोल, इतिहास र नागरिक शास्त्र लगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका थिए ।

यसैमा केन्द्रीत भएका वि सं २००५ मा त्रि–चन्द्र क्याम्पसका विद्यार्थीहरूले नेपाल छात्र संघ नामक विद्यार्थी संगठन खोली आफ्नो शक्तिलाई प्रजातन्त्र प्राप्तिमा केन्द्रीत गरेका थिए । त्यससँगै वि सं २०१५ सालको आम निर्वाचनमा पनि नेपाली काँग्रेसलाई दुई तिहाई बहुमतको पार्टी बनाउन र २०१४ सालमा जनतालाई राणाहरूको क्रुर शासनको अन्त्य गराउन पनि तात्कालिन समयमा प्राजातान्त्रिक विद्यार्थीहरूको भूमिका अहम् रहेको पृष्ठभुमि नेपाल विद्यार्थी संघ रहेको देखिन्छ ।

नेपाली कांग्रेस पार्टी प्रतिबन्ध रहेको बेलामा पनि नेपाल विद्यार्थी संघको गतिविधि अत्यन्त निर्णयक भुमिका रहि विभिन्न विश्वविद्यालय र विद्यालयहरुमा प्रजातान्त्रिक व्यवस्था अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तत्कालीन पञ्चाय शासनले रोक लगाउन सकिएको थिएन बरु देशभरको विश्वविद्यालय र विद्यालयहरुमा नेपाल विद्यार्थी संघले जितेको सुनौलो इतिहास रहेको पाइन्छ ।  

पञ्चायको हतियारले समेत रोक्न नसकेको नेपाल विद्यार्थी संघलाई वर्तमान आफ्नो पार्टीको नेतृत्वहरुले अस्तव्यस्त बनाई गतिहीन अवस्थामा पुर्याएको देखिन्दा लाज मान्नु पर्थ्यौ र नैतिक दबाब हुनु पर्थे । हामी कयौं युवाहरुले राजनितीको सुरुवात नेपाल विद्यार्थी संघबाट गरिएको हुनाले नेपाल विद्यार्थी संघ हुनुमा अत्यन्तै गर्व लाग्छ झन् नेपाल विद्यार्थी संघको नेता भन्दा झनै गर्व लाग्ने गर्थे तर जुझारु, गतिशील, क्रान्तिकारी, परिवर्तनकारी संगठनलाई नेताहरुले साधनको रुपमा प्रयोग गर्ने, गोजी र सिरानीमा राखी पूर्णत नदिएको देख्दा दुस्ख लाग्छ र लाज पनि लाग्छ ।

यी यसरी नेपाल विद्यार्थी संघलाई कति दिनसम्म अपांग बनाई अझै नेविसंघको हत्या गरिरहने होला रु हिजो अन्याय, अत्याचार र दमनको विरुद्धमा सशक्त लड्ने संगठन आज आफैं पार्टीका नेतृत्वको अन्यायमा परेको देख्दा अलिकति भए पनि लाज हुनुपर्ने थियो तर नेताहरुसँग केही जवाफ छैन बरु अझै खेलवाड गरि रहन खोज्छन् । नेपाल विद्यार्थी संघ लगायत दर्जनौं भातृसंगठनहरुको महाधिवेशन नगरी संगठनहरुलाई नेताहरुले आफ्नो सिरानीभित्र र गोजीको खल्तीमा नेपाल विद्यार्थी संघ लगायतको लिस्ट राखी सुत्नु पर्दा कति आनन्द लाग्छन् होला रु आखिर नर्सरीलाई विष हालेर वा आगो लगाएर बिरुवा उम्रन्छ भन्नू नै मानसिक रुपमा भ्रम फैलाउनु मात्रै हो ।

यी यथार्थ र सत्य कुरा उठान गरिंदा वा लेखिरहंदा बिरोध गरिएको झैं लाग्न सक्छन् तर वास्तविक र यथार्थ यिनै बिषय हुन । जुन पञ्चायतको हतियारले मार्न वा लखेट्न नसक्ने संगठन अहिले आफ्नै पार्टीको नेतृत्वले लथालिङ्ग मात्रै नबनाई करिबकरिब हत्या नै गरिएको अवस्थामा पुर्याएको छ । न महाधिवेशन भएको छ, न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन सकिएको छ ।

उहीँ गतिहिन, दिशाहिन र नेतृत्व बिहिन अवस्थामा राखी औपचारिक रुपमा संगठन रहेको छ भनी खल्ती वा गोजीमा राखिएको अवस्थामा छन् । वर्तमान समयमा आसमान शैक्षिक नीति र माफियाहरु विगविगीको फन्दामा रहेको शैक्षिक प्रणाली, स्वास्थ्य माफियाहरुको रैफाय स्वास्थ्य व्यवस्था र महंगी, भ्रष्टाचारी र कालोबजारीको विरुद्धमा लड्ने संगठनलाई सिरानीमा राखी निदाउने नेतृत्व रहेपछि आम विद्यार्थीहरुले कस्तो शैक्षिक नीतिको अपेक्षा गरि रहने र वर्तमान नेपाली कांग्रेसको केन्द्रिय नेतृत्व र जिल्ला नेतृत्वमा करिब ८० - ९० प्रतिशत नेपाल विद्यार्थी संघको पृष्ठभुमिबाट आएका नेताहरु मात्रै छन् तर उनीहरुलाई संस्था र संगठन वा युवा विद्यार्थीहरुको चिन्ता र चासो भन्दा पनि कुर्सी कसरी प्राप्त गरिने र आसेपसेहरुलाई अर्थिक लाभ कसरी दिलाउने भन्नेमा केन्द्रित रहेका छन् ।

अहिले नेपाल विद्यार्थी संघको नेतृत्वले विद्यार्थीहरुको शैक्षिक, आर्थिक र राजनैतिक अधिकारको साथै विद्यार्थीको हक हित भन्दा पनि आर्थिक अर्थात चन्द कसरी उठाउने भने धन्दा तिर लागेको आरोपहरु नआएको होइन । चेतनशील विद्यार्थीहरुको आस्था, भावना र भविष्य जोडिएको, शाहीदहरुले रगतको खोलो बगाएको, राजनितीक, आर्थिक, सामाजिक र शैक्षिक मुद्दाहरुमा सधैं अनवरत संघर्ष गरि आएको क्रान्तिकारी र परिवर्तनकारी नेपाल विद्यार्थी संघ लोकतन्त्रको नर्सरी रुपमा रहेको छ ।

नेपाल विद्यार्थी संघ निरंकुश शासनको विरुद्ध लड्न सक्ने अनवरत संघर्षिल नेपाल विद्यार्थी संघको ५२ औं जन्म दिनको अवसरमा अब भाषणमा मात्रै होइन, व्यवहारमा नेपाल विद्यार्थी संघलाई गतिशील, दुरदर्शिता र संगठनिक बनाउन अधुरो र अपुरो रहेको संगठनलाई पुर्णता दिई नेताको गोजीको खल्तीमा राखिएर होइन विश्वविद्यालय र विद्यालयको प्रांगणमा रहि विद्यार्थीको हक हितमा लडेको नेतृत्वलाई जिम्मेवारी दिन सक्नुपर्छ ।

नेताहरूको विश्वासको पात्रलाई नेतृत्व चयन होइन, विचार र वैचारिक क्षमताको आधारमा योग्य, दक्ष र सक्षम नेतृत्व चयन गर्न सक्नुपर्छ भने मान्यताको आधारमा नेताको घर घरमा पुग्ने चाकरीवालाहरुलाई नभई विद्यालय र विद्यार्थीको घरघरमा पुग्न सक्ने विद्यार्थी नेतृत्वलाई जिम्मेवारी प्रदान गर्न सकिए मात्रै नेपाल विद्यार्थी संघले सार्थकता पाउन सकिन्छ । 


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.