पालिकासँगको समन्वयमा बिहीबार र शुक्रबार विद्यालय बिदा गर्न सरकारको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । वर्षासँगै बाढीपहिरोको जोखिम बढ्न सक्ने देखिएपछि सरकारले स्थानीय तह (पालिका)सँगको समन्वयमा आवश्यकताअनुसार दुई दिन विद्यालय बिदा गर्न आग्रह गरेको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई सर्कुलर गर्दै बिहीबार र शुक्रबार स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्न भनेको हो। त्यस्तै, सबै विश्वविद्यालय र परीक्षा सञ्चालन गर्ने निकायलाई शुक्रबारदेखि आइतबारसम्म तोकिएका परीक्षा आवश्कतानुसार स्थगित गर्न भनेको छ। सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्नुपर्ने अवस्थामा स्थानीय तहलाई सहजीकरण गर्न भनिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।