add

यी हुन् ज्वरो आउँदा खानुपर्ने फलफूल






ActPro Nepal

|

२८ चैत, २०७८

|
902

एजेन्सी । ज्वरोले शरीरको तापक्रम बढ्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई ज्वरो आउँछ तर स्वस्थकर खानेकुरा खाएमा तपाईको रोग प्रतिरोधात्मक क्षमता राम्रो हुनेछ र ज्वरो निको हुन्छ। आज हामी ज्वरो आएको बेला खाने फलफूलको बारेमा बताउँदै छौं, जसको सेवनले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र ज्वरोका लक्षणहरू कम गर्छ ।

सुन्तला

फलफूलमा सुन्तलाको सेवन पनि गर्नुपर्छ । सुन्तलामा भिटामिन सी हुन्छ । सुन्तला रोग प्रतिरोधात्मक क्षमताका लागि आवश्यक हुन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन र रोगबाट बच्न दिनमा दुईवटा सुन्तला खानुपर्छ, यसको जुस पिउनुको सट्टा फाइबरसहित सिधै सुन्तला खानुहोस् । ज्वरोको बेला एभोकाडो पनि राम्रो विकल्प हो ।

जामुन

ज्वरो आएको समयमा  जामुनको सेवन गर्न सकिन्छ । तपाईले आफ्नो आहारमा स्ट्रबेरी, ब्लुबेरी, क्रेनबेरी पनि समावेश गर्न सक्नुहुन्छ । जामुनमा फाइबर र भिटामिन सी राम्रो मात्रामा पाइन्छ । जामुनमा एन्थोसायनिन हुन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यदि तपाईलाई ज्वरोको लक्षण देख्दै छ भने तपाईले क्रेनबेरीको जुस पनि सेवन गर्न सक्नुहुन्छ ।

आँप

यदि तपाईको प्रतिरक्षा क्षमता कमजोर छ र तपाईलाई छिटो छिटो ज्वरो आइरहन्छ भने आँपको सेवन गर्नसक्नुहुन्छ। आँपमा पानीको मात्रा धेरै हुन्छ र यसमा भिटामिन सी हुन्छ । आँपले पाचन र ज्वरो दुवैको लक्षणलाई कम गर्छ ।

किवी फल

किवीमा भिटामिन सी र ई पाइन्छ । किवीले हामीलाई हानि पुर्‍याउने किटाणुबाट बचाउँछ । किवीको सेवनले रक्तचाप नियन्त्रण हुन्छ । किवी फलमा भिटामिन सीको मात्रा बढी हुने भएकाले यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

कागती

ज्वरोमा कागतीको रस खानुहोस् । कागतीले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र ज्वरोसंग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले पत्ता लगाएका छन् कि कागतीको रसको सेवनले भाइरसलाई कम गर्न सक्छ । मनतातो पानीमा कागतीको रस मिसाएर सेवन गर्दा निकै फाइदा हुन्छ ।

फलफूल खाने सही तरिका

फलफूलको सेवनले तौल नियन्त्रणमा राख्छ र रोग प्रतिरोधी क्षमता पनि बढ्छ तर यसको उचित सेवन गर्नु जरूरी छ । फलफूल सधैँ काटेर खानु राम्रो हुन्छ । यसले गर्दा फाइबर पनि पेटमा जान्छ र पाचन प्रणाली बलियो हुनेछ । बिहान वा साँझको खाजापछि फलफूल खान सक्नुहुन्छ । यदि तपाई कुनै गम्भीर रोगको बिरामी हुनुहुन्छ भने कुनै कुनै फलफूलहरू डाक्टरको सल्लाहमा सेवन गर्नुपर्ने हुन्छ ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


testbelow article3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2024. ALL RIGHTS RESERVED.