कामना सेवा विकास बैंकद्वारा कामना सेवा फुटसल कप सिजन–६ सम्पन्न, यी हुन् विजेता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुटसल कप’को छैटौं संस्करण सम्पन्न गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबीच आपसी सद्भाव, सहकार्य र सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगिता आइतबार धन्यन्तरी फुटसलमा सम्पन्न भएको हो । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीको सहभागिता रहेको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले एन्फा रेफ्री सङ्गीता सुनुवारलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत, प्रमुख व्यवसाय अधिकृत, प्रमुख सञ्चालन अधिकृतलगायत विभिन्न विभागका प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।

प्रतियोगिताको सुरुवातमा नेपाल आर्थिक पत्रकार समाज (सेजन), नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र इकोनोमिक मिडिया एसोसिएसन नेपाल ९इमान० बीच मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धामा नाफिज विजयी भएको थियो ।

मुख्य प्रतियोगिताको पुरुषतर्फको फाइनलमा कुमारी बैंकले माछापुच्छ्रे बैंकलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै उपाधि जितेको छ । त्यस्तै, महिलातर्फको फाइनलमा साविक विजेता लुम्बिनी विकास बैंकले ग्लोबल आईएमई बैंकलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै उपाधि रक्षा गरेको छ ।

प्रतियोगिताको समापन समारोहमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहालले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरेका थिए । समारोहमा बैंकका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको यस प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाबीच खेलकुदका माध्यमबाट आपसी सम्बन्ध, एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको जनाएको छ । साथै, विभिन्न संस्थाका कर्मचारीलाई कार्यक्षेत्रभन्दा बाहिर खेलकुदमार्फत एकै ठाउँमा जोड्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने उद्देश्य प्रतियोगिताले लिएको बैंकको भनाइ छ ।

यसैबीच, बैंकले आफ्नो २०औं वार्षिकोत्सवको अवसरमा कात्तिक १८ गते बुधबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुक र ट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।