add

पाथीभरा जाँदै गरेको ट्याक्सीमा करेन्ट लाग्दा, एकै परिवारका तीन जनाको मृत्यु






ActPro Nepal

|

८ वैशाख, २०८२

|
219

ताप्लेजुङ। पाथीभरातर्फ गइरहेको ट्याक्सीमा करेन्ट लागेर भीषण आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। मृतकमध्ये एकै परिवारका तीन सदस्य रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी रबि रावलले पुष्टि गरेका छन्।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, फुरुम्बुस्थित तेर्से भन्ने स्थानमा आज बिहान उक्त दुर्घटना भएको हो। सवारी नम्बर '३०११' रहेको ट्याक्सीमा करेन्ट लागेपछि गाडीमा आगलागी भएको र घटनास्थलमै चार जनाले ज्यान गुमाएका हुन्।

मृत्यु हुनेमा ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य, उनका मावली हजुरबुबा झापा भद्रपुर-१५ का ७० वर्षीय बिनोद पौडेल, हजुरआमा ६० वर्षीया सिरता पौडेल र चालक ताप्लेजुङ फुङलिङ–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।

घटनामा गम्भीर घाइते भएकी ललितपुरकी ४५ वर्षीया सविना आचार्यको अवस्था चिन्ताजनक छ। उनको शरीरको धेरै भाग जलेको र थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी संदिपा खड्काले जानकारी दिइन्।

उनीसँगै रहेका उनका १० वर्षीय छोरा अभियव आचार्य भने सामान्य अवस्थामा रहेको ताप्लेजुङ प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बताएका छन्।

यो दर्दनाक दुर्घटना पाथीभरा क्षेत्र जाने यात्रुहरूको लागि ठूलो त्रास र चेतावनीको संकेत बनेको छ। यद्यपि करेन्ट लाग्नुको कारण भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info.actpronepal@gmail.com मा पठाउनु होला। फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।


test3 ads  below article3 ads below article

प्रतिक्रिया

थप केही समाचार

Top

COPYRIGHT ©actpronepal.com 2025. ALL RIGHTS RESERVED.